ICAS
Rara

मोटरसाइकल दुर्घटनामा नेकपाका स्थानीय नेताको मुत्यु

चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता दामोदर बस्यालको मृत्यु भएको छ ।

parichay

माडी नगरपालिकाको बगइबाट घरतिर जाँदै गरेका बस्याल सवार प्रदेश नं ३–००१प–३५९६ नम्बरको मोटरसाइकल वडा नं.६ स्थित तमुचोकमा अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बस्यालको भरतपुरस्थित पुरानो मेडिकल कलेज भरतपुरमा सोमबार राति उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

govnotice

२०४७ सालमा तत्कालिन अनेरास्ववियुको जिल्ला अध्यक्ष बनेका बस्याल २०४८ सालमा सोही संगठनको केन्द्रीय सदस्यसमेत बनेका थिए ।

pokhara internet
Comments
Loading...