NMB Bank

‘आमा’को फस्टलुक पोस्टर सार्वजनिक

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्र ‘आमा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नायिका सुरक्षा पन्तलाई केन्द्रमा राखिएको छ । पोस्टरमा पन्तले कपाल मुण्डन गरेको देखाइएको छ ।

आफ्नो बुबा-आमाको मृत्युपछि छोरीले काजक्रिया गर्नको लागि कपाल मुण्डन गरेको देखाइएको छ । जहाँ सुरक्षा छोरी हुन् भने मिथिला शर्मा आमा बनेकी छिन् ।

दीपेन्द्र के खनालकै कथा रहेको चलचित्रलाई खनालले नै खिचेका हुन् । डिएस डिजिटलको ब्यानरमा निर्माण भएको यस चलचित्रमा शर्मिला पाण्डेको लगानी रहेको छ । चलचित्रले फागुन ९ गतेलाई रिलिज मिति पक्का गरेको छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?