ICAS
Rara

आजको राशिफल (शुभसमय र राहुकाल समय सहित)

पोखरा / आज मिति २०७६ साल माघ महिनाको २७ गते सोमबार तदानुसार १० फेब्रुअरी सन् २०२० शिल्लागा श्रीशाके १९४१ नेपाल सम्बत् ११४० फाल्गुनकृष्णपक्ष ।

आज सुर्यादय बिहान ६ः४८ बजे भयो भने सुर्यास्त साँझ ५ः५० बजे हुनेछ । आज चन्द्रमा सिंह राशिमा परेकाले र सोमबारको समय भएकाले पूर्व दिशाको यात्रा सफल रहनेछ ।

govnotice

आजको राशिफल :
मेष : बौद्धिक दृष्टिकोणले राम्रो समय छ । ज्ञान बृद्धि, पढाई लेखाईमा मन जानेछ । सम्मानित हुनुहुनेछ । बौद्धिक छलफलमा सहभागी हुने समय छ । बौद्धिक तर्कमा सफल भईनेछ ।

वृष : झमेलामा फस्नुपर्ने दिन छ । सतर्क रहँदा राम्रो हुनेछ । साथीभाईबाट असहयोग मिल्नेछ । गलत विचार बढ्नेछ । झठो आरोप लाग्न सक्छ । घरमा कलह हुने समय भएकाले संयमित रहँदा राम्रो हुन्छ ।

मिथुन : राम्रो दिन छ । धन लाभको योग छ । मित्र मिलन हुनेछ । आर्थिक लाभ प्राप्त गरिनेछ । व्यवसायबाट मनग्गे फाइदा कमाईनेछ । घरमा मँहगो समान खरिदको समय छ ।

कर्कट : ठिकै खालको समय छ । धन लाभ हुनेछ । यात्रा सफल रहनेछ । कार्यपूर्ण हुनेछ । स्वास्थ्यले साथ दिनेछ ।

सिँह : लक्ष्मी प्राप्तिको दिन छ । धन लाभ हुनेछ । गरगहनाको जोहो हुनेछ । व्यवसायबाट मुनाफा कमाइनेछ । जमिन लाभको योग छ ।

कन्या : आजको दिन त्यति राम्रो देखिदैन । धैर्य गर्नुपर्नेछ । स्वास्थ्य बिग्रनेभएकाले काममा विलम्ब आउन सक्छ । आगलागीको समस्याबाट गुज्रनुपर्ने हुनसक्छ । लाभभन्दा बढि नोक्सानी हुनेछ । संयमित रहँदा उचित हुनेछ ।

parichay

तुला : उत्तम समय छ । यात्रा फलदायी रहनेछ । ग्रहले साथ दिनेछ । व्यवसायबाट लाभ मिल्नेछ । सर्वलाभको दिन छ ।

बृश्चिक : चिताएको कुरा पुग्ने दिन छ । इच्छा भोजन हुनेछ । यात्रा सफल हुनेछ । प्रशन्नतामा दिन बित्नेछ ।

धनु : धार्मिक दृष्टिकोणले राम्रो समय छ । धर्मकर्ममा मन जानेछ । भगवान प्रति आस्था बढ्नेछ । तीर्थको अवसर मिल्नेछ ।

मकर : आजको दिन पीडादायक छ । संयमित रहँदा राम्रो हुनेछ । स्वास्थ्यमा गडबडीको समस्या छ । चिन्ता बढ्ने समय छ । दुर्घटनाको भय भएकाले यात्रा गर्दा विचार पुर्याउनुहोला ।

कुम्भ : मान सम्मानको दृष्टिकोणले समय राम्रा् छ । कतैबाट निम्ता पाइनेछ । आदर सत्कारको योग छ । उच्च व्यत्तिसँग भेटघाट हुनेछ । बोलीको राम्रो प्रभाव पर्नेछ ।

मीन : राम्रो समय छ । लाभैलाभको योग छ । धन लाभको समय छ । जमिन लाभ हुनेछ भने स्वास्थ्य लाभका कारण कार्यहरु सफल हुनेछ ।

आजको शुभसमय तालिका :
बिहान ६ः४८ बजेदेखि बिहान ८ः१८ बजेसम्म अमृतबेला
बिहान ८ः१८ बजेदेखि पूर्वान्ह ९ः४८ बजेसम्म कालबेला
पूर्वान्ह ९ः४८ बजेदेखि पूर्वान्ह ११ः१८ बजेसम्म शुभबेला
अपरान्ह ३ः४८ बजेदेखि अपरान्ह ५ः१८ बजेसम्म लाभबेला
अपरान्ह ५ः१८ बजेदेखि साँझ ६ः४८ बजेसम्म अमृतबेला

महत्वपूर्ण कार्यको थालनी : अपरान्ह ३ः४८ बजेदेखि अपरान्ह ५ः१८ बजेसम्म लाभबेला र अपरान्ह ५ः१८ बजेदेखि साँझ ६ः४८ बजेसम्म अमृतबेला भएकाले उक्त समयमा महत्वपूर्ण कामको थालनी गर्दा राम्रो हुन्छ ।

राहुकाल समय : बिहान ७ः३० बजेदेखि बिहान ९ः०० बजेसम्म राहुकाल समय भएकाले उक्त समय कुनै पनि महत्वपूर्ण कार्यको थालनी गर्नु नराम्रो हुन्छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?