ICAS

आजको राशिफल (शुभ समय र राहुकाल समय सहित )

पोखरा /

आज मिति २०७७ साल जेठ महिनाको १० गते शनिबार तदानुसार २३ मे सन् २०२० वछलागा श्रीशाके १९४२ नेपाल सम्बत् ११४० जेठकृष्ण औसी ।

Parichay
Infomatics

आज सुर्योदय बिहान ५:११ बजे भयो भने सुर्यास्त साँझ ६ः४९ बजे हुनेछ । आज चन्द्रमा कुम्भ राशीमा परेकाले र शनिबार समय भएकाले उत्तर दिशाको मात्र यात्रा गर्दा लाभ मिल्नेछ ।

आजको राशिफल :
मेष : आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ ।

बृष : प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, क्रियाशील रहनुहोला ।

मिथुन : चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ । श्रम परे पनि विशेष उपलब्धि हासिल हुनेछ । सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ । तापनि आँटेका काम सम्पादन हुनेछन् र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ ।

कर्कट : परिबन्धले समस्या निम्त्याउन सक्छ । गोपनीयता बाहिरिनाले समस्या पर्नेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ ।

सिंह : विभिन्न सहयोग र उपहार हातलागी हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला । टाढिएका साथीभाइसँग भेटघाट हुनेछ ।

कन्या : भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ । पुरुषार्थद्वारा प्रशस्त लाभ उठाउन सकिनेछ ।

तुला : अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ ।

बृश्चिक : आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला ।

धनु : तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

मकर : वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ ।

कुम्भ : अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

मीन : आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । प्रयत्न गर्दा विदेशयात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । परिवेश खर्चिलो देखिए पनि सत्कार्यमा खर्च गरिनेछ ।

आजको शुभसमय तालिका :

बिहान ५:११ बजेदेखि बिहान ६:४१ बजेसम्म कालबेला

बिहान ६:४१ बजेदेखि बिहान ८:११ बजेसम्म शुभबेला

मध्यान्ह १२:४१ बजेदेखि दिउँसो २:११ बजेसम्म लाभबेला

दिउँसो २:११ बजेदेखि अपरान्ह ३:४१ बजेसम्म अमृतबेला

अपरान्ह ३:४१ बजेदेखि साझ ५:११ बजेसम्म कालबेला

महत्वपूर्ण समय :   मध्यान्ह १२:४१ बजेदेखि दिउँसो २:११ बजेसम्म लाभबेला र दिउँसो २:११ बजेदेखि अपरान्ह ३:४१ बजेसम्म अमृतबेला भएकाले उक्त समयमा महत्त्वपूर्ण कामको थालनी गर्दा राम्रो हुन्छ ।

राहुकाल समय : पुर्वान्ह ९:०० बजेदेखी पुर्वान्ह १०:३० बजेसम्म राहुकाल समय भएकाले उक्त समयमा महत्वपूर्ण कामको थालनी नगर्दानै राम्रो हुन्छ ।

pokhara internet
Comments
Loading...