ICAS
Rara

आजको राशिफल (शुभ समय र राहुकाल समय सहित)

पोखरा / आज मिति २०७६ साल फागुन महिनाको ११ गते आइतबार तदानुसार २३ फेब्रुअरी सन् २०२० शिल्लागा श्रीशाके १९४१ नेपाल सम्बत् ११४० फाल्गुनकृष्णपक्ष ।

आज सुर्योदय बिहान ६ः३७ बजे भयो भने सुर्यास्त साँझ ५ः५९ बजे हुनेछ । आज चन्द्रमा कुम्भ राशिफल परेकाले र आइतबार भएकाले दक्षिण दिशाको मात्र यात्रा गर्दा लाभ मिल्नेछ ।

govnotice

आजको राशिफल :
मेष : आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो काम प्रारम्भ हुनेछ । तर आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ ।

बृष : राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, क्रियाशील रहनुहोला ।

मिथुन : चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ । श्रम परे पनि विशेष उपलब्धि हासिल हुनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । तर, समयको मागअनुसार चल्न नसक्दा व्यवहारमा पछि परिनेछ । सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ । तापनि आँटेका काम सम्पादन हुनेछन् र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ ।

कर्कट : परिबन्धले समस्या निम्त्याउन सक्छ । गोपनीयता बाहिरिनाले समस्या पर्नेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । गोप्य रहस्य पत्ता लाग्नेछ भने मिहिनेत गर्दा नसोचेको धन लाभ हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।

सिंह : मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला । टाढिएका साथीभाइसँग भेटघाट हुनेछ ।

कन्या : भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग जुटाउनेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ । पुरुषार्थद्वारा प्रशस्त लाभ उठाउन सकिनेछ ।

parichay

तुला : अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ । व्यापारमा फाइदा हुनेछ । सन्तानको साथले उत्साह जगाउनेछ ।

बृश्चिक : आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला । बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन् । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला । हडबडीले समस्या निम्त्याउन सक्छ ।

धनु : सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

मकर : वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । गोपनीयतामा ध्यान पुर्याउँदै शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला ।

कुम्भ : अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । मिहिनेतले नाम र दाम दिलाउनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ ।

मीन : अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छर—छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला । आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । प्रयत्न गर्दा विदेशयात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । परिवेश खर्चिलो देखिए पनि सत्कार्यमा खर्च गरिनेछ । अरूलाई दिएर आनन्द लिने समय छ ।

शुभसमय तालिका :
पूर्वान्ह ९ः३७ बजेदेखि पूर्वान्ह ११ः०७ बजेसम्म लाभबेला
पूर्वान्ह ११ः०७ बजेदेखि मध्यान्ह १२ः३७ बजेसम्म अमृतबेला
मध्यान्ह १२ः३७ बजेदेखि दिउँसो २ः०७ बजेसम्म कालबेला
दिउँसो २ः०७ बजेदेखि अपरान्ह ३ः३७ बजेसम्म शुभबेला

महत्वपूर्ण समय : पूर्वान्ह ९ः३७ बजेदेखि पूर्वान्ह ११ः०७ बजेसम्म लाभबेला र पूर्वान्ह ११ः०७ बजेदेखि मध्यान्ह १२ः३७ बजेसम्म अमृतबेला भएकाले उक्त समयमा महत्वपूर्ण कामको थालनी गर्दा राम्रो हुन्छ ।

राहुकाल समय : अपरान्ह ४ः३० बजेदेखि साँझ ६ः०० बजेसम्म राहुकाल समय भएकाले उक्त समयमा महत्वपूर्ण कामको थालनी नगर्दानै राम्रो हुन्छ ।

pokhara internet
Comments
Loading...