ICAS
Rara

आजको राशिफल (शुभ समय र राहुकाल समय सहित)

पोखरा / आज मिति २०७६ साल माघ महिनाको २९ गते बुधबार तदानुसार १२ फेब्रुअरी सन् २०२० शिल्लागा श्रीशाके १९४१ नेपाल सम्बत् ११४० फाल्गुनकृष्णपक्ष ।

आज सुर्योदय बिहान ६ः४६ बजे भयो भने सुर्यास्त साँझ ५ः५१ बजे हुनेछ । आज चन्द्रमा कन्या राशिमा परेकाले र बुधबारको समय भएकाले दक्षिण दिशाको यात्रा सफल रहनेछ ।

govnotice

राशिफल :
मेष : लाभदायक दिन छ । स्वास्थ्य लाभ हुनेछ । मान सम्मानको योग छ । जग्गा जमिन खरीदको समय छ । यात्रा फलदायी रहनेछ ।

वृष : ज्ञान वृद्धि बढने समय छ । बोद्धिक क्षेत्र फराकिलो रहनेछ । अध्ययनमा प्रगती हुनेछ । छलफलमा संलग्न हुने दिन छ । पुस्तक खरीद गर्ने समय छ ।

मिथुन : आजको दिन विवादस्पद रहेको छ । तसर्थ आज कमै मात्र बोल्दा राम्रो हुनेछ । साथीभाइसँग मनमुटाव हुनसक्छ । नराम्रो समाचार सुन्नुपर्ला । मन चंचल रहनेछ ।

कर्कट : धन लाभको समय छ । नयाँ व्यावसायको थालनी गर्दा राम्रो हुन्छ । नमिलेको आर्थिक कारोबार मिल्ने समय छ । जमिन लाभ हुनेछ ।

सिंह : राम्रो दिन छ । सबै नियमित कार्य सम्पन्न हुनेछन् । आम्दानी भए पनि खर्च वृद्धि हुनेछ । यात्रा सफल रहनेछ । मध्यम खालको दिन छ ।

कन्या : श्री वृद्धिको दिन छ । मनग्गे धन हात पर्ला । व्यवसायबाट सन्तोष प्राप्त हुनेछ । लामो समय देखि फसेको धन हात लाग्ने छ । फाइन्सियल कारोबार मिल्ने समय छ ।

parichay

तुला : आजको दिनलाई राम्रो भने भन्न मिल्दैन । मानहानीको योग छ । आम्दानीको तुलनामा खर्च वृद्धि हुनेछ । दुर्घटनाको भय छ । सोचेभन्दा कम नाफा होला ।

वृश्चिक : उत्तम दिन छ । प्रशन्नतामा दिन व्यतीत हुनेछ । यश किर्ति बढ्ने छ । आरोग्यता प्राप्तिको योग छ । खुशीको समाचार सुन्न पाइनेछ । मन आनन्दित हुनेछ ।

धनु : चिताएको, चाहेको कुरा प्राप्त हुने दिन छ । यात्रा सफल एवं फलदायी रहनेछ । आँटेको कार्यपूर्ण हुनेछ । धन समृद्धि प्राप्त हुने देखिन्छ । मेलमिलापको दिन छ ।

मकर : आजको दिन धर्मकर्ममा मन जाने दिन छ । धार्मिक ऋयाकलापमा व्यस्त भइनेछ । ब्रतादिबाट पुण्य कमाउने समय छ । भगवान प्रति आस्था भएकाले तीर्थको अवसर जुर्ने छ ।

कुम्भ : आजको समय अति अफ्ठ्यारो छ । स्वास्थ्यमा गडबडी हुनेछ । मन चंचल रहनेछ । जुनसुकै यात्रा कष्टकर छ । झमेलामा फसिने समय छ ।

मीन : मान सम्मान प्राप्त हुने दिन छ । सम्मानित हुने समय छ । आज कतै निमन्त्रणामा पनि सरीक भइनेछ ।

शुभ समय तालिका :
बिहान ६ः४६ बजेदेखि बिहान ८ः१६ बजेसम्म लाभबेला
बिहान ८ः१६ बजेदेखि पूर्वान्ह ९ः४६ बजेसम्म अमृतबेला
पूर्वान्ह ९ः४६ बजेदेखि पूर्वान्ह ११ः१६ बजेसम्म कालबेला
पूर्वान्ह ११ः१६ बजेदेखि मध्यान्ह १२ः४६ बजेसम्म शुभबेला
अपरान्ह ३ः४६ बजेदेखि अपरान्ह ५ः१६ बजेसम्म लाभबेला

महत्वपूर्ण समय : बिहान ६ः४६ बजेदेखि बिहान ८ः१६ बजेसम्म लाभबेला र बिहान ८ः१६ बजेदेखि पूर्वान्ह ९ः४६ बजेसम्म अमृतबेला भएकाले उक्त समय महत्वपूर्ण कार्यको थालनी गर्दा राम्रो हुनेछ ।

राहुकाल समय : मध्यान्ह १२ः०० बजेदेखि दिउँसो १ः३० बजेसम्म राहुकाल समय भएकाले उक्त समयमा कुनै पनि महत्वपूर्ण कामको थालनी गर्नु अनुचित हुन्छ ।

pokhara internet
Comments
Loading...