ICAS
Rara

प्रेमीसँग आँचलले गरिन् इन्गेजमेन्ट

नायिका आँचल शर्माले इन्गेजमेन्‍ट गरेकी छिन् । सोमबार उदीप श्रेष्ठसँग आँचलले इन्गेजमेन्ट गरेकी हुन् ।

आँचलको परिवार, उदीपको परिवार र नजिकका केही आफन्तहरुको उपस्थितीमा काठमाडौंको चुच्चेपाटीमा रहेको एक बैंक्वोटमा उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले बिबाहको लागि भने फागुन अन्तिमलाई रोजेका छन्।

govnotice
parichay

आफू इन्गेज हुन पाएकोमा आँचल निकै खुसी भएको बताउँछिन् । उनले सामाजिक संजालमा फोटो पोष्ट गर्दै आफू अब पूर्ण रुपमा उदीपको भएको लेखेकी छिन् ।

आँचल र उदीप झण्डै साढे १ वर्षदेखि प्रेममा थिए । उनीहरुले केही समय अगाडि मात्रै आफ्नो प्रेम सार्वजनिक गरेका थिए । पछिल्लो समय भने सामाजिक संजालमा आँचल र उदीपको प्रेम छरपस्ट नै थियो ।

pokhara internet
Comments
Loading...