ICAS
Rara

कोरोनाको डर: ‘ए मेरो हजुर ४’ विदेशमा नखिचिने

पोखरा / हाल चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । कोरोनाको त्रासका कारण चलचित्रको छायांकन रोकिएको हो । पोखरामा छायांकन भइरहेको यस चलचित्रलाई पोखरा, काठमाण्डौपछि युरोपमा छायांकन गर्ने तय भएको थियो ।

parichay

अब भने युरोपमा पनि चलचित्रको छायांकन नहुने भएको छ । युरोपको नेदरल्याण्डमा फुल फुल्ने मौसममा चलचित्रको छायांकन गर्ने योजनामा निर्माणपक्ष थियो । एक महिनापछि युरोप पुगेर चलचित्रको छायांकन गर्ने तयारीमा रहेकी निर्देशक झरना थापा अब नेपालकै रमणीय स्थानमा चलचित्रको छायांकन गर्ने तयारीमा छिन । सुनिल कुमार थापाले निर्माण गरेको यस चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतको मुख्य भूमिका रहेको छ ।

pokhara internet
Comments
Loading...