NTHMC
aama movie

साग पुरुष फुटबल : नेपाल २–१ ले अगाडी

पोखरा/

नेपालमा भईरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण पदकका लागि नेपाल र भुटानले प्रतिष्र्धा गरेका छन् । काठमाडौंको दशरथ रंगशालामा भईरहेको खेलको दोस्रो हाफको शुरुमै नेपालले एक गोल थप्न सफल भएको हो । नेपालका लागि दोस्रो गोल सुनिल बलले गरेका हुन् । खेलको १७ औं मिनेटमा नेपालका अभिषेक रिजालले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए ।

तर त्यसको २० मिनेटपछि भुटानले जवाफी गोल फर्काएको हो । भुटानको तर्फबाट कप्तान चेञ्चो ग्याल्सेनले जवाफी गोल गरेका हुन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?