NTHMC

सनराइज बैंक र एटी सर्भिसबीच सम्झौता, हङकङका नेपालीलाई पैसा पठाउन सजिलो

काठमाडौं । सनराइज बैंक लिमिटेड र हङकङस्थित एटी सर्भिसमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार हङकङमा रहेका नेपालीहरूले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरूलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ ।

roma

यसरी एटी सर्भिसमार्फत् पैसा पठाउँदा तुलनात्मक अधिकतम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको बैंकले जनाएको छ ।

ICAS
parichay

एटी सर्भिसमार्फत हङकङबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३४ शाखाहरू र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत् सजिलै नगद भुक्तानी लिन सकिनेछ ।

साथै बैंक खातावालाको हकमा भने यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभई देशका अरू विभिन्न वाणिज्य र विकास बैंकहरूको खाताहरूमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिने बैंकले विश्वास लिएको छ ।

pokhara internet
Comments
Loading...