NTHMC

विश्वभर कोरोनाबाट ६ लाख ७५ हजारको मृत्यु

एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७५ लाख नजिक पुगेको छ । कोरोना मापन गर्ने वर्ल्डोमिटरको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ लाख ७४ हजार संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ करोड ७४ लाख ५२ हजार पुगेको हो ।

त्यस्तै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ लाख ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा झण्डै ६ हजार संक्रमितको मृत्यु भएसँगै कूल मृतकको संख्या ६ लाख ७५ हजार ५ सय ३१ पुगेको हो ।

roma
parichay

पछिल्लो २४ घण्टामा अमेरिकामा १२ सय ३९, ब्राजिलमा ११ सय ८९, भारतमा ७ सय ८३, मेक्सिकोमा ४ सय ८५, दक्षिण अफ्रिकामा ३ सय १५, इरानमा २ सय २६ र रसियामा १ सय २९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

ICAS

कोरोनाबाट सबैभन्दा धेरै अमेरिका संक्रमित थपिएका छन् । अमेरिकामा ६६ हजार ५ सय, ब्राजिलमा ५८ हजार २ सय र भारतमा ५५ हजार संक्रमित थपिएका हुन् ।

 

pokhara internet
Comments
Loading...