NTHMC

भारतमा कोरोना संक्रमितको संख्या १६ लाख नाघ्यो

एजेन्सी । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १६ लाख नाघेको शुक्रबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५५ हजार ७९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७९ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३५ हजार ७४७ जना पुगेको छ ।

roma

सरकारी अधिकारीका भारतमा कोरोना भाइरस संक्रमितमध्ये दश लाख ५७ हजार ८०६ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ४५ हजार ३१८ जना कोरोना भाइरस संक्रमित अवस्थामा रहेका छन् ।

ICAS
parichay

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस संक्रमण राज्यका रूपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ४५४ जना संक्रमित अवस्थामा नै रहेका छन् भने १४ हजार ७२९ व्यक्तिको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५७ हजार ९६२ संक्रमित अवस्थामा रहेका छन् भने ३ हजार ८३८ जनाको मृत्यु भएको छ ।

राजधानी सहरसमेत रहेको दिल्ली राज्यमा दश हजार ७४३ जना संक्रमित अवस्थामा रहेका र ३ हजार र ९३६ जनाको मृत्यु भइसेकेको छ ।

pokhara internet
Comments
Loading...