NMB Bank

एकसय रुपैयाँमा ३ जिबी डाटा

काठमाडौं/

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।

यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो ।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध रहने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?